कलाकार दीपकराज गिरीले आफू दही चिउरे श्रेणीमा पर्ने बताएका छन्। कलाकार गिरीले निर्वाचनको समयमा समर्थकहरूको परिचयबारे तिखो व्यंग्य गरेका छन्।
उनले लेखेका छन्, ‘चुनावमा “मासु भात” भन्ने शब्द र “दही चिउरे” भन्ने शब्द एकदम हिट रहेछ। एउटैको पछि लाग्ने मासु भात, अनि कहिले उसको, कहिले उसको पछि लाग्ने दही चिउरे।
उनी अगाडि लेख्छन्, ‘एउटैको भजन गाउनुको सट्टा, मुद्दा अनुसार अवस्था अनुसार फरक फरक समयमा, फरक फरक व्यक्ति र दललाई समर्थन गर्ने हुनाले म चाहिँ दही चिउरे श्रेणीमा पर्ने रहेछु। त्यसै पनि भेजिटेरियन भएकोले दही चिउरे नै राम्रो। शुभ प्रभात।’
प्रकाशित: २१ माघ २०८२ १०:०२ बुधबार



