यस हप्ता ‘अप्रिल ६ देखि १२ सम्म’ ओटीटीमा दर्शकका लागि निकै रोचक फिल्म र सिरिजहरू रिलिज हुँदैछन्। घरमै बसेर हेर्न चाहनेहरूका लागि राम्रो विकल्पहरू आएका छन्। यस हप्ता ओटीटीमा एक्सन, थ्रिलर, ड्रामा र साइ–फाइ सबै प्रकारका कन्टेन्ट उपलब्ध हुनेछन्।
ओ रोमियो
शाहिद कपूर र तृप्ति डिमरी अभिनीत यो रिभेन्ज ड्रामा फिल्म रियल स्टोरीमा बनेको छ। यो फिल्म अप्रिल १० देखि प्राइम भिडियो मा रिलिज हुने तयारीमा छ।
तू या मैं
सर्वाइवल थ्रिलर फिल्ममा बनेको फिल्ममा शनाया कपूर र आदर्श गौरव मुख्य भूमिकामा छन्। बिजॉय नांबियारको निर्देशनमा बनेको उक्त फिल्म अप्रिल १० देखि नेटफ्लिक्स मा उपलब्ध हुनेछ।
थाई किझावी
७० वर्षकी कडा साहूकारको कथामा आधारित तमिल ड्रामाले १५० करोडको कुल कलेक्शन गरेको थियो। अप्रिल १० देखि जियो हटस्टार मा हेर्न सकिन्छ।
यूफोरिया सिजन ३
सस्पेन्स र थ्रिलले भरिपूर्ण चर्चित हलिउड सिरिज नयाँ सिजनसहित फर्किँएको छ। यो अप्रिल १२ देखि एचबीओ म्याक्स मा स्ट्रिम हुनेछ।
थ्रैश
यो फिल्मसमुन्द्री आँधी र खतरनाक शार्क आक्रमणबीच बाँच्न संघर्ष गर्ने कथामा आधारित छ। अप्रिल १० देखि नेटफ्लिक्स मा आउनेछ।
स्टार वार्सः मॉल – शैडो लर्ड
‘डार्थ मॉल’ को कथामा आधारित साइ–फाइ सिरिज अप्रिल ६ देखि जियो हटस्टार मा रिलिज भइसकेको छ।
द बॉयज सिजन ५
सुपरहिरो सिरिजको अन्तिम सिजन, ‘होमल्यान्डर’ र ‘बुचर’ बीचको अन्तिम भिडन्त देख्न सकिन्छ। अप्रिल ८ देखि प्राइम भिडियो मा रिलिज हुनेछ।
प्रकाशित: २३ चैत्र २०८२ १३:०० सोमबार



