निर्वाचन विशेष

ललितपुर-१ मा रास्वपाका महर्जन विजयी

ललितपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धरत्न महर्जन २३ हजार ३७३ मतका साथ विजयी भएका छन्।

निर्वाचन अधिकृत सर्वोच्च अदालतका उपरजिष्ट्रार ईशा सुवेदीका अनुसार रास्वपाका महर्जनले नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणालाई ९ हजार ८५३ मतले पछि पार्दै जितेका छन्।

प्रतिस्पर्धी उम्मेदवार राणाले १३ हजार ५२० मत पाएका छन्। त्यस्तै ६ हजार ५४६ मत प्राप्त गरी नेकपा (एमाले) का उम्मेदवार चेतनाथ सञ्जेलले तेस्रो स्थान हासिल गरेका छन्।

यस क्षेत्रमा निर्वाचन क्षेत्रमा कूल ७७ हजार ७३७ मतदाता रहेकामा ५२ हजार ६३२ मत खसेको थियो। खसेको मतमध्ये दुई हजार ४९ मत बदर भएको छ। यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी २८ उम्मेदवार बनेका थिए।

प्रकाशित: २३ फाल्गुन २०८२ ११:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App