दार्चुलाको अपी हिमाल गाउँपालिकामा गठबन्धन विजयी भएको छ। अपी हिमाल गाउँपालिकामा नेकपा माओवादी केन्द्रका भगत सिंह ठेकरे (बोहरा) विजयी भएका छन्। ठेकरे २ हजार ३ सय ४ मतका साथ विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्दी एमालेका धर्मानन्द मन्याल १ हजार ३ सय ८५ मत ल्याएका छन्। यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी देबकी बोहरा २ हजार २७ मत सहित विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्दी एमालेकी उर्मिला बोहरा १ हजार ३ सय ९१ मत प्रापत गरेकी छन्। ६ वडा रहेको गाउँपालिकामा सवै वडामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
वडा नम्बर १ मा नेपाली कांग्रेसका पोखर सिंह रोकाया, वडा नम्बर २ मा कांग्रेसकै राम सिंह धामी, वडा नम्बर ३ मा कांग्रेसकै गगन सिह कार्की विजयी भएका छन् भने वडा नम्बर ४ मा माओवादी केन्द्रका रबिन्द्र बोहरा वडा नम्बर ५ मा माओवादीकै राजेन्द्र धामी र वडा नम्बर ६ मा माआवादीकै दान सिंह धामी प्यानलसहित विजयी भएको अपी हिमाल गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अध्यक्षमा पराजित मन्याल यस गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत हुन्।
प्रकाशित: १ जेष्ठ २०७९ ०८:२६ आइतबार



