निर्वाचन विशेष

स्याङजाको चार गाँउपालिकामा काँग्रेस अगाडि, दुई गाँउपालिकामा एमालेको अग्रता

स्याङजाको हरिनास गाँउपालिकामा गठबन्धनका नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार टोपा भुजेलले ३५५१ सहित अग्रता लिएका छन्। नेकपा एमालेका अध्यक्षका उम्मेदवार खिमनारायण मानन्धरले ३१०५ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा गठबन्धनका नेकपा माओवादीका मिठु लम्सालले ३५०४ सहित अगाडि रहदाँ  नेकपा एमालेका इन्द्रकुमारी थापा रानाले ३११४ मत प्राप्त गरेका छन्।

स्याङजाकै बिरुवा गाँउपालिकामा गठबन्धनका नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार डोलराज पोख्रेलले ११६१ अगाडि छन्। नेकपा एमालेका अध्यक्ष सुर्य कुँवरले १००५ मत प्राप्त गरेका छन्। गठबन्धनबाट उपाध्यक्ष नेकपा माओवादीका थमबहादुर गुरुङले ९७५ र नेकपा एमालेका भगवती शर्माले ९१० मत प्राप्त गरेका छन्।

फेदीखोला गाँउपालिकामा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार लक्ष्मीप्रसाद बरालले १४४८ र नेकपा एमालेका अध्यक्षका उम्मेदवार घनश्याम सुवेदीले १३५८ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा माओवादीका शिव पराजुलीले १०४१ र नेकपा एमालेका देउकुमारी गुरुङले १४१६ मत प्राप्त गरेका छन्।

कालीगण्डकी गाँउपालिकामा अध्यक्षमा नेकपा एमालेका खिमबहादुर थापाले २८९२ र नेपाली काँग्रेसका माया रानाले २४१९ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा जनमुक्ति पार्टीका बमबहादुर लामिछानेले २६१० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सावित्रा कोइरालाले २४४७ मत प्राप्त गरेका छन्।

अर्जुनचौपारी गाँउपालिकामा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार प्रकाश तिवारीले १५६७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार १३३० मत प्राप्त गरेका छन्। उपाध्यक्षमा नेपाली काँग्रेसका सपना गुरुङले १७३६ र नेकपा एमालेका टंकप्रसाद खनालले ११५२ मत प्राप्त गरेका छन्। यसैगरी आँधीखोला गाँउपालिकामा नेकपा एमालेका विश्वनाथ पौडेलले अगाडि छन्। उनले १२१९ मतसहित अगाडि रहदाँ उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रेमराज पौडेल ११०६ मत प्राप्त गरेका छन्। उपप्रमुखमा नेकपा एमालेकी सीता थापाले १२०० मत ल्याउँदा काँग्रेसका रामचन्द्रप्रसाद पौडेलले ८१० मत प्राप्त गरेका छन्। 

प्रकाशित: १ जेष्ठ २०७९ ०७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App