गोरखामा अहिलेसम्म २५ वटा वडाको मत परिणाम आएको छ। नेकपा माओवादी केन्द्रले १४ वटा वडा जितेको छ। नेपाली कांग्रेसले १० वटा वडामा विजयी हाँसिल गरेको छ भने एमाले ३ र जनता समाजवादी पार्टी एउटा वडामा विजयी भएको छ।
माओवादी केन्द्रले गोरखा नगरपालिका ४, पालुङटार नगरपालिका २, १०, अजिरकोट गाउँपालिका १,२,३, धार्चे १,२, भिमसेन १, शहीदलखन २, ४, गण्डकी गाउँपालिका १,२ बारपाक सुलिकोट २ जितेको छ।
यस्तै, नेपाली कांग्रेस गोरखा नगरपालिका १,२, भिमसेन थापा गाउँपालिका २,३, सिरानचोक गाउँपालिका १, बारपाक सुलिकोट गाउँपालिका १,३ आरुघाट गाउँपालिका १,२,३ मा बिजयी भएको छ।
नेकपा एमालेले आरुघाट गाउँपालिका ४, गोरखा नगरपालिका ३, शहीदलखन गाउँपालिका १ मा विजयी हाँसिल गरेको छ। जनता समाजवादी पार्टीले संघिय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईको गृहवडा पालुङटार नगरपालिका १ मा बिजयी हाँसिल गरेको छ।
प्रकाशित: १ जेष्ठ २०७९ ०७:४५ आइतबार



