निर्वाचन विशेष

काठमाडौंकाे मेयर पदमा बालेनको अग्रता कायमै

काठमाडौँको महानमहानगरपालिकाको मेयर पदमा बालेनको अग्रता कायमै रहेको छ। बालेन साहले २६०१ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार बालेनले २६०१ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थपितले भने १४१५ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै, गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १३५९ मत ल्याएकी छन्। भने राप्रपाका मदनदास श्रेष्ठले २१४ मत प्राप्त गरेका छन्।

अहिले काठमाडौंको वडा नम्बर १, २, ३, ४ र ३२ को मत गणना भइरहेको छ।

प्रकाशित: १ जेष्ठ २०७९ ०६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App