निर्वाचन विशेष

गुल्मीको रेसुङ्गामा काँग्रेसले फर्कायो आफ्नो साखः प्रमुखमा खिलध्वज र उपप्रमुखमा अमृतादेवी विजयी

दरबारमा पनी काँग्रेस विजयी

गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्। रेसुङ्गाको मेयरमा काँग्रेसका खिलध्वज पन्थी र उपप्रमुखमा अमृतादेवी कुँवर निर्वाचित भएका हुन्। पन्थीले ८ हजार ६१४ मत ल्याएर नगरप्रमुखमा विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

पन्थीले  १ हजार २९४ मत अन्तरले जितेका हुन।मेयरमा उठेका एमालेका राजेन्द्रप्रसाद पाण्डेयले ७ हजार ३२० मत ल्याएका थिए। पन्थी नेपाली काँग्रेस जिल्ला सभापती पनि हुन। उपप्रमुखमा काँग्रेसकै अमृतादेवी कुवँरले ८ हजार १९ मत ल्याएर विजयी भइन।। उपप्रमुखमा एमालेका उम्मेदवार रीता पाण्डेले ७ हजार २३१ मत ल्याइन।यो नगरपालिकाका १० वटा वडा नेपाली काँग्रेसले जितेको छ भने ४ वटा वडा एमालेले जितेको छ।

वर्षौदेखि काँग्रेसको गढ मानिएको रेसुङ्गामा २०७४ को निर्वाचनमा एमालेले काँग्रेस भित्रको अन्तरघातको फाइदा उठाउँदै प्रमुख उपप्रमुख सहित ६ वटा वडा जितेको थियो। पाँच बर्ष पछि अहिले काँग्रेसले आफ्नो साख फर्काउन सफल भएको हो।  

वडा नं. १ मा एमालेका रामप्रसाद पन्थी, २ मा काँग्रेसका हिराबहादुर थापा,३ मा काँग्रेसकै बाबुराम खत्री,४ मा काँग्रेसका लिलाधर आर्चाय,५ काँग्रेसका दुर्गाप्रसाद खनाल,६ मा एमालेका गनबहादुर गुरुङ,७ मा काँग्रेसका रामजी पन्थी,८ मा एमालेका निरञ्जन थापा,९ मा काँग्रेसका कृष्णप्रसाद पाण्डे,१० मा काँग्रेसकै रामबहादुर बस्नेत,११ मा एमालेका खुमबहादुर राना,१२ मा काँग्रेसका चेहरसिंह टण्डन,१३ मा काँग्रेसका हुमबहादुर बस्नेत र १४ मा काँग्रेसका धनबहादुर पुन निर्वाचित भएका छन्। निर्वाचन कार्यालयका अनुसार यो नगरपालिकामा १६ हजार २३९ मत खसेको थियो।

गुल्मी दरबार गाँउपालिकामा: काँग्रेस विजयी

गुल्मीको दरबार गाँउपालिकामा पनि नेपाली काँग्रेस विजयी भएको छ।  गाँउपालिकाको अध्यक्षमा  काँग्रेसका सरोज कुमार थापा र उपाध्यक्षमा तारा थापा ढेंगा बिजयी भएका छन। दरबारमा अध्यक्ष उपाध्यक्ष सहित ४ वटा वडामा काँग्रेस विजयी भएको छ। एमालेले तीन वटा वडाको वडाध्यक्ष जितेको छ।  

पालिका अध्यक्ष काँग्रेसका थापाले ६ हजार १६६ मत ल्याइ विजयी हुँदा निकटतम प्रतिश्पर्धी एमालेका कृष्णप्रसाद भुसालले ५ हजार ६०२ मत ल्याएका थिए। उपाध्यक्षमा  काँग्रेसका ढेंगाले ६ हजार १८८ मत ल्याइ विजयी हुँदा एमालेका शुसिल पुनले ५ हजार ५८९ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: १ जेष्ठ २०७९ ०५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App