अपराध

अवैध लागूऔषध सहित ६ जना पक्राउ

प्रहरीले अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट ६ जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम सहित धादिङ थाक्रे गाउँपालिका-३ बस्ने २७ वर्षीय रमेश लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५२३२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

बारा, जीतपुरसिमरा उपमहानगरपलिका-१ पथलैया चोकबाट अवैध लागूऔषध गाँजा करिब २१ किलोग्राम सहित मकवानपुर राक्सिराङ गाउँपालिका-१ बस्ने ४० वर्षीय अर्जुन रूम्बा समेत ४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको बा.४ ख ७५१७ नम्बरको बसमा सवार  उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

सिराहा, मिर्चैया नगरपालिका-६ कटारी चोक बस्ने ३० वर्षीय बिशाल श्रेष्ठलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: ११ फाल्गुन २०८१ १७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App