धरान– २० औं रेडबुल बुढासुब्बा गोल्डकपको उपाधि थ्री स्टारले जितेको छ। धरान प्रादेशिक रङ्गाशालामा भएको खेलमा नेपाल पुलिसलाई १–० को गोल अन्तरले हराउदै थ्री स्टारले उपाधि आफ्नो हातमा पार्न सफल भएको हो।
थ्री स्टारका अजयी मार्टिनले खेलको ५० औं मिनेटमा हानेको गोल नै खेलको निर्णायक गोल सावित भयो।
जीतसँगै थ्री स्टारले ६ लाख नगदसहित ट्रफि हात पारेको छ, भने उपबिजेता पुलिसले ३ लाख नगदमा चित्त बुझायो।
प्रकाशित: २७ माघ २०७४ १३:२१ शनिबार


-600x400.jpg)


