१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्रतिलिपी नागरिकता सम्बन्धी सेवा बिहान ७ बजेदेखि

सेवाग्राही बढी ठाउँ र जनशक्ति कम भएपछि सधैं भिडभाड र तछाडमछाड रहने जिल्ला प्रसाशन कार्यालय पर्साले चाप कम गर्न यस पटक उपाय निकालेको छ। प्रतिलिपी नागरिकता सम्बन्धी सेवा बिहान ७ बजेदेखि १० बजेसम्म प्रवाह गर्ने कार्यालयले एक सूचनामार्फत जानकारी गराएको छ।  

‘प्रतिलिपी नागरिकताको सेवाग्राहीको संख्या बढेको र समयमैं प्रतिलिपी नागरिकता प्राप्त गर्न नसकेको भन्ने गुनासो बढ्दै गएको,’ सहायक प्रम्ख जिल्ला अधिकारर भिमकान्त पौडेलद्वारा जारी सूचनामा भनिएको छ, ‘प्रतिलिपी नागरिकतालाई ब्यवस्थित बनाउन यस कार्यालयमा भदौं ९ गतेसम्म अनुसूची फारम पेस गरेको तर नागरिकता पाउन नसकेका सेवाग्राहीलाई प्रतिलिपी नागरिकताको लागि सार्वजनिक बिदाको दिन बाहेक बिहान ७ बजेदेखि १० बजेसम्म सेवा प्रवाहको गर्ने ब्यवस्था मिलाईको छ।’ अहिलेको सूचना भदौ १६ गतेसम्मको लागि जारी भएको भनिएको छ।  

‘सेवाग्राहीहको गुनासो आएरहेको थियो, प्रतिलिपी नागरिकताको निवेदनहरु धेरै बाँकी रहन गएपछि ९ गतेसम्म आएका फारमको हकमा बिहान ७ बजेदेखि नै प्रतिलिपी नागरिकता सम्बन्धी सेवा प्रवाह गर्न यस्तो उपाय गरिएको हो,’ पर्साका प्रम्ख जिल अधिकारी उमेशकुमार ढकालले नागरिकलाई भने, ‘नागरिकता सम्बन्धी अरु सबै सेवा प्रवाहको कार्य नियमित रुपमैं हुन्छ।’

प्रकाशित: ९ भाद्र २०७९ १५:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App