१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

टेरामक्सबारे कार्यविधि बनाएर जान सकिने: सञ्चार मन्त्री शर्मा

फाइल तस्बिर

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टेरामक्सबारे  अदालत र संसदीय समितिले दिएको निर्देशन पछि नयाँ कार्यविधि बनाएर जान लागेको बताएकी छिन्।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बिहीबारको बैठकमा उनले अदालतले पनि गोपनीयताको कानुन र कार्यविधि स्पष्ट नभएसम्म अघि नबढ्न भनेकोले नयाँ कार्यविधि बनाए जानका लागि मन्त्रालय अघि बढेको बताइन।सार्वजनिक लेखा समितिले गत पुस ११ गते टेरामक्स रोक्न निर्देशन दिएको थियो।

उनले एमडीएमएस प्रणाली लागूबारे छानबिन समिति बनाइएको र निर्णय प्रक्रियामा रहेको बताइन्।एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीबारे छानबिन समिति बनाइएको र त्यसले काम अन्तिम चरणमा पुराएको पनि जानकारी दिइन्।

प्रकाशित: ४ माघ २०८० ०९:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App