
अपराध
जाडो महिना सुरु भएसँगै काठमाडौं उपत्यकाको तापक्रम घट्न थालेको छ। तापक्रम घटेसँगै काठमाडौं र ललितपुरका रिङरोड बाहिरका क्षेत्रमा कुहिरो लाग्ने गरेको छ। कुहिरो लागेको समयमा मानिसहरू बिहानको हिँडाइ गर्न जाने गरेका छन् भने किसानहरू तरकारी बोकेर बजारका लागि सबेरै निस्कने गरेका छन्।
मौसमविद्का अनुसार वरपरका वस्तु पनि देख्न नसकिएमा त्यो कुहिरो लागेको मान्नुपर्छ, एक किलोमिटर पनि देख्न सकिँदैन भने त्यो कुहिरो लागेको मान्नुपर्छ। हुस्सु लागेको बेलामा भने केही परसम्म देख्न सकिन्छ, पाँच किलोमिटरसम्म देख्न सकिने मौसमविद्हरू बताउँछन्।









