कला/संस्कृति

परशु-कल्पना स्रष्टा सम्मान रसिक र सापकोटालाई

नेपाल स्रष्टा समाजले वरिष्ठ आख्यानकारद्वय गणेश रसिक र ध्रुव सापकोटालाई संयुक्त रूपमा ‘परशु-कल्पना स्रष्टा सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा बसेको बैठकले उक्त सम्मान रसिक र सापकोटालाई प्रदान गर्ने निर्णय गरेको हो।

दुवै स्रष्टालाई ५० हजार १ सय १ रूपैयाँ नगदराशिसहित सम्मान गरिने छ।

नेपाली साहित्यमा पाँच दशकभन्दा बढी समयदेखि आख्यान क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएकामा रसिक र सापकाेटालाई यो सम्मान अर्पण गरिने समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनकाे हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

उक्त सम्मान आगामी चैत ५ गते काठमाडौंमा एक कार्यक्रम गरी उक्त सम्मान अर्पण गरिने अध्यक्ष रोदनले बताए।

परशु–कल्पना स्रष्टा सम्मानका लागि वरिष्ठ साहित्यकार पवन आलोकको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो। सोही समितिको सिफारिसलाई समाजको केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गरेको पनि अध्यक्ष रोदनले बताए।  

प्रकाशित: १९ फाल्गुन २०८१ १०:५९ सोमबार

# Nagarik ko 'Akshaar' # Kala yatra # Nagarik