कला

नयाँ हुन अथवा पुराना लक्ष्य एउटै हो देश लुट्ने !

मुक्तक

१) मुक्तक

कहिले फुट्ने कहिले जुट्ने

कहिले जुट्ने कहिले फुट्ने

नयाँ हुन अथवा पुराना

लक्ष्य एउटै हो देश लुट्ने।

२) मुक्तक

थोरै कोर्ने धेरै पढ्ने बानी विकास होस् 

अगण्य नै लेखियोस बरु खास होस् 

शब्दका भेलबाढी बगाउनुभन्दा पनि

साहित्य सिर्जनामा फूलको सुवास होस्।

३) मुक्तक

आमाको मन सन्ततिको पीडामा यति रुँदैन

सन्तानको मन आमाको मायाले कत्ति छुँदैन

आमा छैनन् छोरालाई सुनाइदिए पनि हुन्छ

तर छोरा नभएको आमालाई सुनाउनु हुँदैन।

४) मुक्तक

जिन्दगी हर्दम हरियो होस् चाहन्छौं हामी

मलजल गर्न सार्है अल्छी मान्छौं हामी

कल्प विटपका जरा विश्व ब्रह्माण्ड पुग्छन् 

अन्त्यमा मुर्झाई चिर निद्रामा जान्छौं हामी।

५) मुक्तक 

कलिका मान्छे भनाउँदा हाम्रो चेत गहकिलो छैन

बाहिरी बोक्रो गतिलो जस्तो तर आँत अँतिलो छैन

हरेकले जे चाह्यो सोही बन्नअसम्भव हुँदै हुन्न

तर मान्छे जस्तो मान्छे बन्न त्यति सजिलो छैन।

प्रकाशित: १२ श्रावण २०८१ ११:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App