उमेर पुगेपछि मदनलाल एक युवतीको हात माग्न गए। दुलहीका बाउले भने, ‘यस्ता गरिवलाई मेरी मुटु जस्तो छोरी दिनुभन्दा खोलामा फाल्दिन्छु।’
मदनलाल शान्त स्वभावका थिए। शरीरमा हुने रासायनिक प्रतिक्रियाको कारण रिस निस्कन्छ भन्ने थाहा थियो। अत: उनी चूपचाप निस्के। सामान्य युवती खोजेर बिहे गरे।
धनाढ्य दुलहीका बाउले छोरी धनाढ्य परिवारमा दिए। शारीरिक कसरत बन्द भयो। वर्ष दिनमा घ्वाक्कँ परेको छोरी जन्माइन्। सुत्केरीमा मिठोमीठो खाना खाइन्। प्रेसर बढ्यो। सुगरको मात्रा बढ्यो। कोलेस्टेरोल बढ्नाले क्यान्सर भैदियो। अत: ती युवतीको अकालमै क्यान्सरको कारण मृत्यु भयो।
मृत्युपछि सदगत गर्न घाटमा लगियो। मदनलाल पनि मलामी थिए। मदनलाल देखेर रमणले भने, ‘मदनलाललाई छोरी नदिनु नै गलत भयो। ठूलो पाप लाग्यो।’
दुलहीका पिताले सुने। उनले गल्ती स्विकार्दै भने, ‘हामी गरिवलाई घृणा गर्थ्याै। तर, गरिवीले शारीरिक कसरत बढाउँथ्यो। स्वस्थ राख्थ्यो। धनले अन्धो भएपछि चूरो कसरी बुझ्थें र!’
-बालकृष्ण गजुरेल
प्रकाशित: १० श्रावण २०८१ १३:०० बिहीबार