प्रविधि

चैत २९ मा स्पेसकन अन्तरिक्ष सम्मेलन हुने

स्पेसकन अन्तरिक्ष सम्मेलन २०२६ चैत २९ गते नेपालमा आयोजना हुने भएको छ।

उत्साहित वैज्ञानिकहरू, इन्जिनियरहरू र उद्यमीहरूको वार्षिक भेलाको रूपमा स्पेसकनलाई लिइएको छ। स्पेसकनले अन्तरिक्ष अन्वेषणका अग्रणी व्यक्तिहरूलाई अभूतपूर्व अनुसन्धान, दूरदर्शी विचारहरू र अत्याधुनिक प्रविधिहरू साझा गर्न एकै छातामुनि भेला गराउने लक्ष्यसहित यो सम्मेलनको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

वर्षेनी आयोजना गरिने यो सम्मेलन अप्रिल १२ मा आयोजना हुँदै आएको छ। मानव अन्तरिक्ष उडानको अन्तर्राष्ट्रिय दिवसमा लगातार ५ वर्षदेखि यो मनाइँदै आएको छ। स्पेसकन अन्तर्राष्ट्रिय प्रतिष्ठान नेपालद्वारा आयोजना गरिएको यस सम्मेलनको मुख्य उद्देश्य नेपाल र नेपालबाहिर अन्तरिक्ष अन्वेषण र वैज्ञानिक प्रगतिलाई प्रवर्द्धन गर्नु हो। 

यसमा प्यानल छलफल, अन्तरक्रिया, प्रदर्शनी र उपग्रह विकास र इन्जिनियरिङदेखि अन्तरिक्ष नीति र व्यावसायिक उद्यमका विषयहरूमा छलफल र प्रस्तुतिहरूले नेपाली युवा वैज्ञानिकहरूलाई उत्साहित बनाउने सम्मेलनको लक्ष्य रहेको चप्पलदेखि उपग्रहसम्मका प्रोजेक्ट म्यानेजर ऋशव अधिकारीले बताए। उनका अनुसार हालसम्म नेपाली युवा विद्यार्थीहरूले बनाएका स्लिपर टु स्याट, मुनाल र डाँफे उपग्रहहरू सफल प्रक्षेपण भइसकेका छन्।

प्रकाशित: २५ चैत्र २०८२ १३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App