कम्पनीले एनटी-आई-१२०० मोडेलको पिसी बजारमा ल्याएको हो। यसमा डुअल कोर एडम डि-२५००, १.८६ गिगाहर्जको प्रोसेसर प्रयोग भएको छ। घरायसी र व्यापारिक प्रयोजनका लागि यी कम्प्युटर उपयोगी हुने कम्पनीको दाबी छ।
यी कम्प्युटरको तौल ४ सय ५० ग्राम मात्र छ। चार जिबीको डिडिआरथ्री र्यामयुक्त यी कम्प्युटरमा धेरै खाले मेमोरी कार्ड राख्न मिल्ने विशेषता छ। कम विद्युत खपत गर्ने भएकाले नेपाली बजारमा लोकप्रिय बन्ने कम्पनीका प्रमुख सञ्चालन अधिकृत प्रविनलाल जोशीले बताए। यसमा २४ वाटभन्दा कम पनि एचडी मुभी चलाउन सकिन्छ। अरुको तुलनामा ८७ प्रतिशत इन्धन किफायती भएको कम्पनीको दाबी छ।
प्रकाशित: २१ भाद्र २०६९ २०:२९ बिहीबार



