आउँदो बिहीबार हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान)को दिन चलाउन सकिने सवारीसाधनबारे निर्वाचन आयोगले स्पष्ट पारेको छ।
आयोगले आज (शनिबार) विज्ञप्ती जारी गरेर मतदानको दिन दमकल, एम्बुलेन्स, शववाहन, खानेपानीका ट्याङकर, दुध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन लगायत सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास आवश्यक नपर्ने स्पष्ट पारेको छ।
आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मतदानको दिन सवारीसाधन सञ्चालन सम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमति सम्बन्धी कार्यविधि पारित गरेको छ। त्यही कार्यविधिलाई टेकेर आयोगले सवारीसाधन चलाउन दिने निर्णय गरेको हो।

प्रकाशित: १६ फाल्गुन २०८२ १८:३८ शनिबार



