भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको खोज तथा उद्धारका लागि टोली टनेलभित्र प्रवेश गरेको छ।
टनेलभित्र थुप्रिएको भग्नावशेष, बाक्लो लेदो, ढुंगामुढा र कंक्रिट एक्स्काभेटरको प्रयोग गरी पन्छाउँदै टोली टलेको भित्री भागसम्म पुगेको हो।
शनिबार बिहानैदेखि उद्धार टोलीले एक्स्काभेटर प्रयोग गरेर टनेलभित्र जाने बाटो खुलाउने काम गरिरहेको थियो। भग्नावशेष र लेदो हटाउँदै टनेलतर्फ जाने बाटो खुलेपछि उद्धार कार्य थप सहज भएको इन्जिनियर गोकर्ण चौधरीले जानकारी दिए।
उनका अनुसार उद्धार टोली अहिले टनेलभित्र प्रवेश गरेर फसेका श्रमिक तथा अन्य व्यक्तिको खोजीलाई निरन्तरता दिइरहेको छ।
टनेलभित्रको अवस्था पत्ता लगाउँदै फसेकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न उद्धार टोलीले लगातार भग्नावशेष पन्छाउने र बाटो खुलाउने काम गरिरहेको छ।
प्रकाशित: २७ भाद्र २०८३ १७:३७ शनिबार



