समाज

टीआईएले भन्यो- उडानको अवस्था बुझेर विमानस्थल आउनू

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल जानुअघि आफ्नो उडानको पछिल्लो अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ। 

मध्यपूर्वको हवाई क्षेत्रमा लागेको प्रतिबन्धका कारण केही अन्तर्राष्ट्रिय उडानमा ढिलाई, पुन:तालिका वा रद्द हुनसक्ने भन्दै कार्यालयले अद्यावधिक भएर मात्रै विमानस्थल पुग्न अनुरोध गरेको हो। 

कार्यालयले जारी गरेको सूचनामा विमानस्थल जानुअघि विमान सेवा कम्पनीसँग आफ्नो उडानको पछिल्लो अवस्थाबारे अनिवार्य पुष्टि गर्न अनुरोध गरिएको छ ।  

प्रकाशित: १६ फाल्गुन २०८२ १९:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App