समाज

आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्न सहकार्य

नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले काठमाडौं महानगरपालिकाको सहकार्यमा महानगरका ३२ वटै वडामा आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्ने भएको छ।

काठमाडौं महानगरपालिका कार्यवाहक उपप्रमुख सुनिता डङ्गोलका समुपस्थितिमा महानगरका तर्फबाट स्वास्थ्य विभागका निर्देशक दीपक केसी र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका तर्फबाट सभापति श्यामकाजी डोटेलले आज यहाँ आयोजित कार्यक्रममा सो सम्बन्धी सम्झौतमा हस्ताक्षर गरे।

कार्यक्रममा महानगरका वरिष्ठ अधिकृत र रेडक्रस काठमाडौं शाखाका उपसभापति अन्जना श्रेष्ठ मास्के, मन्त्री बुद्धिमान शाक्य, कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधर र शाखा अधिकृत बालकृष्ण श्रेष्ठको उपस्थित थिए। 

प्रकाशित: ५ चैत्र २०८२ १६:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App