समाज

विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा महासरसफाई अभियान शुरु

विवाहपञ्चमीको अवसर पारेर शनिवार बिहानैदेखि जनकपुरधाममा महासरसफाई अभियानको शुरुवात गरिएको छ। जनकपुरधाम उपमहानगरपालिकाले सञ्चालन गरेको यस अभियानमा स्थानीय नागरिकहरूले सक्रिय सहभागिता जनाएका छन्। नगरवासी र विद्यालयका विद्यार्थीहरूले मिलेर जनकपुरधामलाई सफा बनाएका छन्।  

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले विवाहपञ्चमीका अवसरमा ५ हजार मानिसहरूको व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए। उनले भने, ‘अयोध्याबाट आउने ५ सय जन्ती र २१ गतेको धनुष यज्ञमा ५ लाख मानिसको व्यवस्थापन गर्नका लागि शौचालय र बासको व्यवस्था मिलाइरहेका छौं।’

त्यसैगरी, प्रमुख साहले जनकपुरधाममा आउने पाहुनालाई खुला दिशापिशाव गर्न नदिन शौचालयहरूको व्यवस्था गरिएको पनि बताए।

प्रकाशित: १५ मंसिर २०८१ १०:२७ शनिबार

#janakpur #NagarikNews