ताप्लेजुङमा शिकार खेल्ने क्रममा एक जनाको ज्यान गएको छ।
आठराई त्रिवेणी गाउँपालिका वडा नं ३ हाङपाङमा शिकार खेल्ने क्रममा आफ्नै साथी ५२ वर्षीय बीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए।
कार्कीका अनुसार सोमबार राति करिब १० बजे कालिदह जंगलमा शिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर मृत्यु गुरुङको मृत्यु भएको हो। घटना लगत्तै हाङपाङ प्रहरी चौकीको टोलीले बीरबहादुर गुरुङलाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। शवको कानुनी प्रक्रिया पूरा गर्नका लागि दोभान ईलाका प्रहरी कार्यालयको टोली खटिईसकेको प्रहरी निरीक्षक कार्कीले बताए।
शवलाई पोष्टमार्टमको लागि सदरमुकामन ल्याउने समेत प्रहरीले बताएको छ। घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ।
प्रकाशित: १४ चैत्र २०७९ ०४:२७ मंगलबार



