राजनीति

विभिन्न जिल्लामा बढ्दो मतदान, मुगुमा ४२ प्रतिशत मत खस्यो

प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशका विभिन्न जिल्लामा दिउँसोसम्म उत्साहजनक रूपमा मतदान भइरहेको छ। विभिन्न जिल्ला निर्वाचन कार्यालयहरूले सार्वजनिक गरेको विवरणअनुसार मतदाताको सहभागिता क्रमशः बढ्दै गएको छ।

मुगु जिल्लामा दिउँसो १ बजेसम्म १५ हजार ७०५ मत खसेको छ।  जुन कुल मतदाताको ४२ दशमलव ९० प्रतिशत हो। जसमध्ये महिला ८ हजार ९७ र पुरुष ७ हजार ६०८ मतदाता रहेका छन्।

त्यस्तै, ओखलढुंगा जिल्लामा १ बजेसम्म कुल ३० हजार ६७ मत खसेको छ। यसमध्ये महिला १३ हजार ९८३, पुरुष १६ हजार ८३ र अन्य १ जना मतदाता रहेका छन्।

तेह्रथुम जिल्लामा पनि मतदान जारी रहेको छ। दिउँसो १ बजेसम्म त्यहाँ २१ हजार ७५० मत खसेको छ, जसमा महिला १० हजार ३३१ र पुरुष ११ हजार ४१९ मतदाता रहेका छन्। यो कुल मतदाताको करिब ३० प्रतिशत हो।

प्रकाशित: २१ फाल्गुन २०८२ १३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App