राजनीति

आठदेखि १० प्रतिशतका दरले मतदान बढ्यो : आयोग

निर्वाचन आयोगले देशभर प्रतिघण्टा मतदानको बढ्दै गएको जनाएको छ। 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दिउँसोपछि आठदेखि १० प्रतिशतका दरले मतदान बढेको जानकारी दिए। उनका अनुसार बिहानीपख हिमाली तथा पहाडी जिल्लामा मतदानको प्रतिशत कम देखिए पनि दिउँसो हुदैँगएपछि मतदान प्रतिशत बढेको हो।  

आयोगले मतदानमा मतदाताको उपस्थिति उत्साहजनक भएको पनि दाबी गरेको छ। सर्लाहीलगायतका केही स्थानमा थोरै समय मतदान रोकिए पनि सहजीकरणपछि पुनः सञ्चालन भएको निर्वाचन आयोगले जनाएको छ। 

प्रकाशित: २१ फाल्गुन २०८२ १५:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App