राजनीति

रास्वपाको प्रथम महाधिवेशन तयारी तीव्र

तस्बिर: वसन्त ढुंगाना/नागरिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ। असार ७ गते भरतपुरको गेस्टहाउस चौरमा हुने उद्घाटन समारोहका लागि पाँच हजारभन्दा बढी सहभागी हुने अनुमान गरिएको छ। 

महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरूको शुभकामना मन्तव्यसहित प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उद्घाटन सत्रमा चितवनको पहिचान झल्किने सांस्कृतिक प्रस्तुति पनि समावेश गरिने जनाइएको छ। 

असार ८ गतेदेखि सुरु हुने बन्दसत्र चितवन उद्योग संघको सभाहलमा सञ्चालन हुनेछ। महाधिवेशनमा एक सय पदाधिकारी प्रत्यक्ष निर्वाचनबाट चयन गरिने तथा मतदानका लागि इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरिने तयारी गरिएको छ।  

प्रकाशित: ५ असार २०८३ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App