राजनीति

ओली-विद्या मुस्कान : विवाद हुन सक्छ तर मुस्कुराउन छाड्नु हुँदैन

भेट हुनु अगाडि त उनीहरू बिच लडाइ नै होला भन्ने अनुमान पनि नकाटिएको होइन। तर संसार अनुमानमा चल्दैन।

प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिच आइतबार च्यासलमा झन्डै दुई घण्टा 'वान् अन वान्' वार्ता भयो त्यसमा के के कुरा भए बाहिर आएन। तर उनीहरूको अनुहारमा भने मन्द मुस्कान देखियो।

उनीहरूले वार्ताको बारेमा खासै केही बोलेनन्। यद्यपी पार्टी कार्यालयमा दुई नेतागण मुस्काउँदै गरेको तस्बिर क्यामेराले कैद गर्छ, तर त्यो एक क्षणको मुस्कानले धेरै कुरा बोल्यो।

नेतृत्वका विषयमा बहस सार्वजनिक भए पनि सहकार्य र सभ्यताको भाषा उनीहरूको अनुहारले बोलेको छ। राजनीतिक मतभिन्नता हुँदाहुँदै पनि पार्टीको भलोका लागि एकतामा उभिन सक्ने परिपक्वता नै लोकतान्त्रिक संस्कृतिको सुन्दर प्रतिबिम्ब हो।

यी तस्बिरले देखाउँछन् विचार फरक भए पनि सम्बन्ध बिग्रनु पर्दैन। राजनीति असहमतिमा पनि सहमत हुन सक्ने कला हो।

प्रकाशित: ५ श्रावण २०८२ ०७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App