राजनीति

रास्वपा नेता बमले भने- नयाँ शक्ति मिल्न सकिएन भने- सबै सँगै जेल भित्र !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पुकार बमले आगामी निर्वाचनमा नयाँ वैकल्पिक शक्तिहरू एकजुट नभए पुराना राजनीतिक दलहरूले पुनः सत्तामा फर्किएर दमन गर्ने दाबी गरेका छन्।

उनले चुनावपछि बन्ने पुराना दलको सरकारले कुलमान घिसिङ र बालेन शाहजस्ता व्यक्तिहरूलाई विभिन्न झुटा मुद्दा लगाएर जेल हाल्ने चेतावनी दिए।

सोमबार सामाजिक सञ्जालमार्फत ७ बुँदे ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै बमले नयाँ शक्तिहरू नमिले सबैजना सँगै जेलभित्र बस्नुपर्ने दिन आउने बताएका हुन्।

उनले २०८२ चैत्र पछि बन्ने महागठबन्धन सरकारको पहिलो प्राथमिकता ‘अपरेसन किलो सेरा-२’ हुने दाबी गरेका छन्। जसअन्तर्गत जेन-जी आन्दोलनबाट उदाएका र अन्य वैकल्पिक शक्तिहरूलाई समाप्त पार्ने अभियान चल्ने उनको तर्क छ।

‘मुद्दा, विचार र सिद्धान्त एक हुँदाहुँदै एक्लाएक्लै जाने हो भने अबको बाटो स्पष्ट छ, जेल भित्र,’ बमले लेखेका छन्, ‘अनि त्यही कालकोठरी जेलभित्र, सानो धिपधिपे चिमको उज्यालोमा भजन किर्तन, कत्थक, डिस्को डान्स, नाचगान, दोहोरी र र्‍याप ब्याटलको तालमा एकताको वार्ता गर्ने दिन टाढा छैन।’

उनले यसअघि ओली-देउवा नेतृत्वको सरकारले पनि रास्वपा सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेको घटनालाई उदाहरणको रूपमा प्रस्तुत गरे।

उनले हाल लामिछानेलाई एकताको बाधक देखाइएको तर भोलि अन्य नयाँ नेताहरूलाई पनि मुद्दा लगाएर जेल हाल्दा के ? गर्ने भनी प्रश्न गरेका छन्।

उनले लेखेका छन्, ‘भोलि नयाँ दलका अध्यक्ष कुलमान घिसिङमाथि (नीतिगत, संस्थागत र आर्थिक भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, अख्तियार दुरुपयोग) र बालेन शाह, सुमना श्रेष्ठ, सुदन गुरुङ, सागर ढकाल लगायतमाथि (देशद्रोह, आतंकवाद प्रोत्साहन, साम्प्रदायिक दङ्गा उत्प्रेरणा, आगजनी) जस्ता मुद्दा दायर पश्चात् तपाईंहरूलाई के भन्ने ?’

उनले अहिले नै एकजुट नभए भविष्यमा निकै ढिला भइसक्ने र सबैले सँगै नक्खु कारागारभित्र बसेर छलफल गर्नुको विकल्प नहुने उनको चेतावनी छ।

प्रकाशित: १७ कार्तिक २०८२ १९:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App