राजनीति

देवानगञ्ज घटनापछि गृहमन्त्री गुरुङ विराटनगरमा, घाइते र पीडित परिवारसँग भेट्ने

फाइल तस्बिर

गृहमन्त्री सुदन गुरुङ सुनसरीको देवानगञ्जमा भएको घटनापछि विकसित अवस्थाको स्थलगत जानकारी लिन बिहीबार साँझ विराटनगर पुगेका छन्।

विराटनगर पुगेलगत्तै गृहमन्त्री गुरुङ उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल जाने कार्यक्रम रहेको छ। उनले उपचारमा संलग्न चिकित्सकसँग घाइतेहरूको अवस्थाबारे जानकारी लिनुका साथै उपचार व्यवस्थाबारे पनि छलफल गर्ने जनाइएको छ।

त्यसपछि गृहमन्त्री गुरुङले घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनसँग भेट गरी समवेदना व्यक्त गर्ने कार्यक्रम रहेको छ। भेटका क्रममा उनले घटनासम्बन्धी जानकारी लिनुका साथै पीडित परिवारको अवस्था बुझ्नेछन्।

देवानगञ्जमा भएको घटनापछि उत्पन्न सुरक्षा अवस्था, सामाजिक सद्भाव र शान्ति–सुरक्षाको अवस्थाबारे पनि गृहमन्त्रीले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रकाशित: १४ श्रावण २०८३ १९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App