राजनीति

उद्धारमा सबै एकजुट हुन हर्क साम्पाङको आग्रह

प्रतिनिधिसभाका सदस्य हर्कराज राईले रसुवामा गएको बाढीका कारण विपद्का पीडितलाई तत्काल राहत र उद्धार गर्न एक जुट्नु हुनुपर्ने बताएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा सांसद राईले यो विपद्बाट गहिरो पाठ सिक्दै राष्ट्रिय सङ्कटको रूपमा लिनुपर्ने बताए । उनले सबै राजनीतिक दलले मिलेर राहत उद्धारमा सक्रिय हुनुपर्ने बताए। ‘विपद्बाट जोगिन ‘प्रोएक्टिभ’ योजना बनाउनुपर्छ। विपत्का बेलामा चाहिले हेलिकप्टर, सामग्री, विपद् व्यवस्थापनसँग जुध्न सक्ने उपकरण र जनशक्ति तयार पार्नुपर्छ।’ उनले भने। 

त्यस्तै, विपद्को सूचना संयन्त्रलाई प्रभावकारी बनाउन पनि सरकारसमक्ष आग्रह गरे। 

प्रकाशित: १० भाद्र २०८३ १५:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App