राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभाको संसदीय दलको नेतामा ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीलाई चयन गरेको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्वसम्मत रूपमा शाहीलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
संसदीय दलको नेतामा चयन भएसँगै शाहीले सांसद खुस्बु ओलीलाई दलको मुख्य सचेतकमा मनोनयन गरेका छन्।
पार्टीका प्रवक्तासमेत रहेका शाही हालै सम्पन्न निर्वाचनमा जुम्लाबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
त्यसैगरी, मुख्य सचेतक बनेकी ओली समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधि सभा सदस्य बनेकी हुन्।
प्रतिनिधि सभामा राप्रपाले प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ४ गरी कूल ५ सिट जितेको छ।
प्रकाशित: ५ चैत्र २०८२ १६:४२ बिहीबार



