राजनीति

उत्पीडित वर्गका लागि काम गर्न सकिएन, सम्झौता गर्नुपर्‍यो : अध्यक्ष दाहाल

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उत्पीडित सबै वर्ग र जातिको अधिकारका लागि आफ्नो पार्टीले लडिरहने बताएका छन्। 

शुक्रबार लमजुङ बेँसीसहर नगरपालिका–७ मा तामाङ सांस्कृतिक भवन र सङ्ग्राहालयको उद्घाटन कार्यक्रममा उनले समाजको तल्लो तहका जनताको पक्षमा निरन्तर लागिरहने बताएका हुन्। 

अध्यक्ष दाहालले भने, ‘सबै उत्पीडित वर्ग, जाति, समुदायले जुन स्तरको पहिचान र अधिकार पाउनुपर्ने हो, संविधानमा हामीले त्यो ठाउँमा पुर्याउन सकेनौँ। हामी कहीँ न कहीँ केही विषयमा सम्झौता गर्नुपर्‍यो। हामीले त्यतिबेलै भनेका थियौँ, सहमतिमा संविधानसभा घोषणा भए पनि सो वर्ग र जातिका हक, अधिकार पूर्ण रूपमा प्राप्त नहुन्जेल हाम्रो आन्दोलन जारी रहन्छ।’  

अध्यक्ष दाहालले तराई र मध्यपहाडी लोकमार्गमा अभियान सञ्चालन गरेर कास्कीमा रोकेको उल्लेख गर्दै यही महिनाको तेस्रो हप्तादेखि पुनः अभियान सुरु गरिने बताए।  

तामाङ सांस्कृतिक भवन र सङ्ग्रहालयको उद्घाटनसँगै लमजुङमा तामाङ समुदायको हकहित स्थापित गर्न र जनजातिका पक्षमा देशभर बलियो सन्देश प्रवाह गर्न सफल भएको उनले बताए।

प्रकाशित: ७ भाद्र २०८२ ०६:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App