नेकपा (एमाले) ले को राजनीतिमा पूर्व राष्ट्रपति विद्या भण्डारीको आगमनसँगै संस्थापन पक्षले केन्द्रीय विभागहरूको भेला बोलाएको छ ।
पार्टी केन्द्रीय विभागहरूको संयुक्त भेला बोलाएको छ । पार्टी केन्द्रीय कमिटीको बैठक र स्थायी कमिटी बैठकको तयारी भइरहेका बेला महासचिव पोखरेलले विभागीय प्रमुखहरूको भेला बेलाएका हुन् ।
भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन तोकिएको अवस्थामा विभागहरूको संयुक्त भेला बोलाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। विधान महाधिवेशनको तयारी गरिरहेको एमालेले आइतबार दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने गरी भेला बोलाएको एक नेताले भने ।
भेलामा पार्टीका सबै केन्द्रीय विभागका प्रमुख, सचिव र सदस्यहरूलाई उपस्थित हुन भनिएको छ । एमालेमा ३२ वटा केन्द्रीय विभाग रहेका छन् । भेलालाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्नेछन् । साउन २ गते स्थायी कमिटी र ५ गते केन्द्रीय कमिटी बैठक गरेर विधान महाधिवेशनमा होमिने एमालेको तयारी छ ।
एमालेमा पूर्व राष्ट्रपति भण्डारीलाई रोक्न संस्थापन पक्ष लागिरहेका बेला केन्द्रीय विभागहरूको भेलालाई महत्वकासाथ हेरिएको छ । पूर्व राष्ट्रपति भण्डारीले आफू एमालेको राजनीतिमा फर्किसकेको बताएकी छिन् । उनले दिनहुजसो एमालेका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गरिरहेकी छिन् ।
प्रकाशित: २९ असार २०८२ १२:०९ आइतबार



