राजनीति

लागूऔषध सहित १७ जना पक्राउ

अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १७ जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं, टोखा नगरपालिका-१० टोकियो बजार टोल बस्ने सुनसरी धरान उपमहानगरपालिका-१५ घर भएका ३८ वर्षीय युगसाङ राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम ६ सय ४० मिलिग्राम, डिजिटल तराजु १ थान, नगद १ लाख १५ हजार रूपैयाँ र भारतीय रूपैयाँ २ हजार २ सय सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग गोंगबुका खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

झापा, झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट अवैध लागूऔषध ब्राउनुसगर जस्तो देखिने पदार्थ १ ग्राम ५७ मिलिग्राम सहित गौरीगंज गाउँपालिका-१ रङगेथान बस्ने २० वर्षीय जिवन राजवंशीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी  टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी झापा, बिर्तामोड नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय राजु राजवंशी र ३० वर्षीय बिक्रम भन्ने अभिनास चौधरी रहेका छन्। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले राजुको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

उदयपुर, त्रियुगा नगरपालिका-११ ज्योतिनगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय अभिषेक कार्की ढोली र सोही नगरपालिका-३ लच्का बस्ने ३० वर्षीय फिलेमान शाह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले प्र.१-०५-००१ प ८५२७ नम्बरको स्कुटरमा सवार अभिषेक र को.प्र.०५-००२ प ३६४१ नम्बरको मोटरसाइकलमा सवार फिलेमानलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

नवलपरासी पूर्व, हुप्सेकोट गाउँपालिका-४ झ्यालबासबाट नियन्त्रित लागूऔषध फेनारगन १३ एम्पुल, बुप्रेनोर्फिन १३ एम्पुल र डाइजेपाम १३ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-२९ बस्ने ३३ वर्षीय ओम प्रकाश गर्वुजा पुन र सोही महानगरपालिका-३० बस्ने ३७ वर्षीय मदन गुरूङ रहेका छन्। प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीले प्रदेश ०१-०२-०५५ प ३६६६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

रूकुम पूर्व, सिस्ने गाउँपालिका-६ खोपीचारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने २९ वर्षीय शेर सिंह रोका मगर  र सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय अबिन केसी रहेका छन्। जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

रूपन्देही, बुटवल उपमहानगरपालिका-२ पाखापानीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३६ एम्पुल, फेनारगन ३६ एम्पुल र बुप्रेनोर्फिन ३६ एम्पुल सहित सोही ठाउँ बस्ने २७ वर्षीय सुजन विकलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी बिट जीतगढीकिल्लाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। साथै प्रहरीले उनले प्रयोग गरेको लु.१८ प ७८३५ नम्बरको स्कुटर समेत बरामद गरेको छ।

सुनसरी, बराहक्षेत्र नगरपालिका-७ सृजना टोल बस्ने २५ वर्षीय रबि श्रेष्ठलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १ सय ७० मिलिग्राम र नगद ४५ हजार ९ सय रूपैयाँ सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय  महेन्द्रनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

रूकुम पश्‍चिम, मुसिकोट नगरपालिका-५ सेरीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १३ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भुमे गाउँपालिका-२ बस्ने हिमाल घर्ती र २८ वर्षीय राज बुढा रहेका छन्। जिल्ला प्रहरी कार्यालय रूकुम पश्‍चिम समेतबाट खटिएको प्रहरीले रा.७ प ९६१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध स्पास्पेन ३३ ट्याब्लेट सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-५ धापासी बस्ने ३० वर्षीय सन्तोष खाती र २६ वर्षीय सागर श्रेष्ठ रहेका छन्। अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.प्र ०१-००१ ख ०११४ नम्बरको हायसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

बाँके, कोहलपुर नगरपालिका-९ पिपिरीस्थित डोको कटेजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ४० मिलिग्राम सहित खजुरा गाउँपालिका-६ सिमलघारी बस्ने १९ वर्षीया अञ्जली सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उक्त कटेजमा बसिरहेकी उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

प्रकाशित: २५ जेष्ठ २०८३ १६:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App