अन्य

अमेरिकी जेन जी कञ्जुस हुँदै

यस्ताे पनि!

१८ वर्षदेखि २४ वर्ष उमेर समूहका जेन जीहरू खर्च गर्ने मामिलामा कञ्जुस हुँदै गएको एउटा सर्भेमा देखिएको छ। सिर्काना नामक बजार अनुसन्धान समूहले गरेको सो अध्ययनअनुसार गएको जनवरीदेखि अप्रिल महिनासम्म गरिएको अध्ययनमा बेपत्तासँग खर्च गर्ने प्रवृत्तिमा निकै हदसम्म लगाम लाग्न थालेको छ।

खर्च अनुपातमा आम्दानी कम हुन थालेपछि युवापुस्ताले खर्च पनि कम गर्न थालेको हो। यतिबेला अमेरिकामा कुनै पनि कलेज ग्राजुएटले भनेजस्तो काम पाउन सकिरहेका छैनन्। त्यसमाथि शैक्षिक ऋणको भार त छँदैछ।

यस्तोमा जेनजीहरूले खर्च गर्ने क्रम घटेको हो। गएको कोरोना भाइरसको बन्दाबन्दीका बेला घटे बराबर नै अहिले जेनजीले खर्च कम गर्न थालेको देखिएको हो।

जेनजीको अग्रज पुस्ताभन्दा आर्थिक रूपमा यिनको संघर्ष बढ्दै गएकाले खर्च कम हुन थालेको देखिएको हो। उनीहरूको किनमेल लुगाफाटामा ११ प्रतिशत, प्रविधिमा १४ प्रतिशत, साना घरेलु मालसामानमा १८ प्रतिशत र विभिन्न एक्सेसरिज १८ प्रतिशतले घटेको देखिएको हो।

बैंक अफ अमेरिकाले सन् २०२३ देखि २०२५ मेसम्म गरेको एउटा सर्भेमा जेनजी र मिलेनियलहरूले खर्च गर्ने प्रवृत्तिमाथि अध्ययन गरेको थियो। सो अध्ययनअनुसार उसले एक प्रतिशत खर्च कम गरेको पाएको थियो। त्यसो त एक प्रतिशत त्यति ठूलो राशी होइन तर यसले धेरै अप्ठेराहरू बढेको खुलासा भने गर्ने अर्थशास्त्री डेभिड टिन्सलीको भनाइ छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २२ असार २०८२ ०७:२२ आइतबार

# Yasto Pani! # Age group 18 to 24 years