गुइयाङ – चीनको दक्षिणपश्चिमी क्षेत्रमा रहेको गुइजोउ प्रान्तका पहिरोमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन्।
स्थानीय समयानुसार बिहीबार बिहान ०८ बजेसम्म १५ जनाको शव फेला परेको र अन्य ११ जनालाई उद्धार गरिएको छ। अझै ३० जना बेपत्ता रहेको जनाइएको छ।
मंगलबार राति ९ः२० बजे सो क्षेत्रमा पहिरो खसेका कारण २१ वटा घर डुबानमा परेका र ५० भन्दाबढी मानिस त्यहाँ फसेका उद्धारकर्ताले जानकारी दिएका छन्। बेपत्ता भएकाको खोजी तथा उद्धार जारी रहेको छ। घाइतेहरुको स्थानीय अस्पतालका उपचार भइरहेको छ।
प्रकाशित: १० श्रावण २०७६ ०१:२६ शुक्रबार



