अर्थ

रुङ्टा ग्रुपद्वारा प्रधानमन्त्री कोषमा २ करोड १ लाख सहयोग

बाढीपहिरो प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि रुङ्टा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

रुङ्टा ग्रुपका अध्यक्ष एवं उद्योगपति मुरलीधर रुङ्टासहित सञ्चालक टोलीले आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

ग्रुपका सञ्चालक सुरेश कुमार रुङ्टाका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बारा, पर्सा लगायत देशका विभिन्न भागमा सञ्चालित उद्योग प्रतिष्ठानहरूबाट उक्त रकम संकलन गरी कोषमा जम्मा गरिएको हो।

जसअनुसार ओसीबी फुड्स एण्ड फिड्स प्रा.लि.बाट ७५ लाख, ओम चाओ बिरो फिड एण्ड इन्डस्ट्रिज प्रा.लि.बाट ५० लाख, चाओ बिरो पेलेट फिड इन्डस्ट्रिज प्रा.लि.बाट २५ लाख तथा ग्रुपअन्तर्गतका अन्य उद्योगहरूबाट गरी कुल २ करोड १ लाख रुपैयाँ प्रदान गरिएको हो।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरिरहेका नागरिकहरूको घाउमा मलम लगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराइएको सञ्चालक रुङ्टाले बताए।

प्रकाशित: १४ भाद्र २०८३ २१:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App