प्रवास

टोकियोमा खुल्यो रोधीघर

टोकियो— जापानको राजधानी टोकियोमा रोधी घरको शुभारम्भ गरिएको छ। टोकियोको व्यस्त अनि धेरै नेपालीहरूको बसोबास रहेको शहर सिनोकुवोमा शनिवार एक कार्यक्रमकाबीच रोधिघर शुभारम्भ गरिएको हो।जापानका स्थापित र सफल व्यवसायी समूहद्वारा सञ्चालनमा ल्याइएको रोधीघरको जापानका लागि कार्यवाहक नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले उद्‌घाटन गरे।

कार्यक्रममा कावा राजदूत राजभण्डरीले रोधीघरले नेपाली कला संस्कृति र मौलिक पहिचानको प्रवर्द्धनमा सघाऊ पुरयाउने बिश्वास ब्यक्त गरे। उद्घाटन कार्यक्रममा उपस्थित नेपालीहरूले प्रवासी भूमिमा नेपालको न्यास्रो मेट्नेगरी मौलिक पहिचान सहित रोधिघर खुलेकोमा खुशी व्यक्त गरे।

रोधीघर व्यवसायिक प्रयोजनले सञ्चालनमा ल्याइएको हो। नेपाली कला संस्कृति र मौलिक नेपाली पहिचानको जगेर्ना गर्दै पर्यटन प्रबर्दन गर्ने मुख्य प्रमुख लक्ष्य रहेको सञ्चालक मध्येका एक तिलक मल्लले बताए।
rodhi
'नेपालीहरूको संख्या बढिरहेको अवस्थामा नेपाली गीत संगीतमा रम्ने एउटा साझा चौतारीको रूपमा हामीले यसलाइ विकास गर्न लागेका हौं', उनले भने।

२०० जनाको क्षमता रहेको सो रोधीघरमा एनआरएनए आइसिसी उपाध्यक्ष एवं जापानका सफल नेपाली व्यवसायी भवन भट्ट, दीपक सुबेदी, नरबहादुर थापा, अर्जुन अधिकारी, महेन्द्र खड़का, महेन्द्र बानियाँ र तिलक मल्लको लगानी रहेको छ।

प्रकाशित: १८ माघ २०७२ ००:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App