प्रवास

भारतीय नाकाबन्दी विरुद्ध नर्वेमा प्रदर्शन

ओस्लो-नेपालमा भर्खरै जारी गरिएको संबिधान प्रति असन्तुष्टि देखाउदै भारतले नेपालमाथि लगाएको नाकाबन्दीको विश्वव्यापी बिरोध भएको छ। यसै क्रममा नर्वेमा रहेका नेपालीहरुले भारतको अघोषित नाकाबन्दीको बिरोधमा आज ओस्लोस्थित संसद भवन आगाडी प्रदर्सन गरेका छन्।

माइनस ५ डिग्रीको जाडोमा करिब २ घण्टा प्ले कार्ड सहित प्रदर्सन गरेका नेपालीहरुले मार्तिभूमिको पीडामा आफ्नो मन पनि रोएको जनाएका थिए। नर्वेमा रहेका गैर आवसीय नेपाली संघ, विवेकशील नेपाली, जनप्रगतिशिल मन्च, नर्वे नेस्को, नेपाली जनसम्पर्क समिति, नेपाली प्रवासी मन्च, नेपाली पोर्तुगल समाज, नेप्सा र हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल संस्थाहरुको सामुहिक आयोजनामा भएको उक्त बिरोध प्रदर्सनमा करिब २०० जति नेपालीहरुका साथ साथै केहि बिदेशीहरुको समेत उपस्थिति रहेको थियो।

नाकाबन्दीले देशको समग्र अर्थतन्त्रलाई तहस नहस पार्नुका साथै औषधि तथा अन्य आत्यवस्यक सामग्रीको आभावमा मानवीय संकट आउन लागेको भन्दै उपस्थित नेपालीहरुले आक्रोश पोखेका थिए। आन्तराष्ट्रिय कानुनले प्रत्याभूत गरेको भू-परिबेस्टित रास्ट्रले पाउनुपर्ने पारवहन सुविधाको भारतले ठाडो उलंघन गरेको भन्दै नेपालीहरुले मोदी सरकार बिरुद्द नाराबाजी गरेका थिए।

सहभागि प्रदर्शनकारीले भारतले औषधि, इन्धन तथा अन्य आत्यवस्यक सामग्रीमा नाकाबन्दी गरि गम्भीर मानवीय आपराध गरेको भन्दै संयुक्त रास्ट्रसघ, यूरोपियन युनियन, अमेरिका तथा अन्य सक्तिशाली रास्ट्रहरुले भारतमाथि कारबाही गर्नुपर्ने र नाकाबन्दी तुरुन्त खोल्नलाई भारतलाई दबाब दिनुपर्ने मांग गरेका थिए। बिरोध कार्यक्रम पश्चात आयोजक प्रतिनिधिहरु ज्ञापन पत्र बुझाउन भारतीय राजदूताबास गएपनि दुतावासले ज्ञापन पत्र बुझ्न मानेन। पूर्व अनुमति लिएर भारतीय दुताबास गएका आयोजक प्रतिनिधिहरुले राजदूतको अनुपस्थितिमा प्रथम सचिवलाई ज्ञापन पत्र बुझाउन प्रयास गरेपनि नमानेकोले नेपाली दुताबास डेनमार्क मार्फत बुझाइने आयोजकले जनाएका छन्।

प्रकाशित: ५ मंसिर २०७२ ००:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App