कला/साहित्य

चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनाम नेपाल आइडल सिजन-६ को विजेता

गङ्गा सोनाम नेपाल आइडल सिजन–६ को विजेता भएकी छन्। आइतबार साँझ ललितपुरमा भएको ‘ग्राण्ड फिनाले’मा उत्कृष्ट चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनाम विजेता भएकी हुन्। विजेता सोनामले रु २५ लाख नगद पुरस्कार प्राप्त गरेकी छन्।

त्यसैगरी बविता थापामगर दोस्रो, दर्शना गान्धारी तेस्रो, अभिनय खाती चौथो र मिनल मानन्धर पाँचौँ भए।

विजेतालाई पुरस्कार वितरण गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेतालाई शुभेच्छा प्रकट गरे। 'नेपाल आइडल नेपालको हिरो कार्यक्रम हो। यो प्रतियोगिता सुरु भए पछि नै अरु नयाँनयाँ प्रतियोगिताहरू सुरु भएका छन्। नेपाल आइडल सधैँ हिरो कार्यक्रमका रूपमा रहनेछ,' उनले भने।

ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले अति महत्त्वपूर्ण कार्यक्रममा विजेता हुने सबैलाई बधाई दिँदै ठूलो कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गरे। एपी वान टेलिभिजनका अध्यक्ष राजेन्द्र शाक्यले छ वटा सिजनसम्म पुग्दा नयाँनयाँ प्रतिभाहरूको जन्म भएको उल्लेख गरे।

२०८२ जेठ २ गतेदेखि सुरु भएको नेपाल आइडल सिजन–६ को मुख्य निर्णायकमा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद रिजाल थिए। ग्राण्ड फिनालेको सुरुवातमा पहिलो प्रस्तुती बविता थापामगर, दोस्रो प्रस्तुती मिनल मानन्धर, तेस्रो प्रस्तुती गङ्गा सोनाम, चौथो प्रस्तुती दर्शना गान्धारी र पाँचौँ प्रस्तुती अभिनय खातीले प्रस्तुत गरेका थिए।

प्रकाशित: १६ भाद्र २०८२ ०७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App