प्रसिद्ध अमेरिकन गायक तथा गीतकार निल सेडाकाको ८६ वर्षको उमेरमा निधन भएको छ।
उनी रक ‘एन’ रोल संगीतको प्रारम्भिक चरणका अत्यन्तै सफल कलाकारमध्ये एक थिए। उनको ‘ब्रेकिङ अप इज हाड’ र ‘टुगेदर इन द रेन’ जस्ता लोकप्रिय गीतहरूले उनलाई विश्वभर चिनाएका थिए।
उनको परिवारले शुक्रबार विज्ञप्ति जारी गरेको आफ्ना प्रिय पति, बुबा तथा हजुरबुबाको आकस्मिक निधनले आफूहरू स्तब्ध र अत्यन्त दुःखी भएको जनाएको छ। परिवारका अनुसार उनी केवल रक एन्ड रोलका दिग्गज कलाकार मात्र नभई अत्यन्तै प्रेरणादायी र असल व्यक्ति पनि थिए। उनको निधनको अन्य विस्तृत विवरण भने तत्काल सार्वजनिक गरिएको छैन।
उनले आफ्ना बाल्यकालका छिमेकी तथा गीतकार होडवार्ड ग्रीनफील्डसँग मिलेर धेरै गीतहरू सिर्जना गरेका थिए। ब्रुकलिनमा जन्मिएका सेडाका जुलियार्डद्वारा प्रशिक्षित संगीतकार थिए।
प्रकाशित: १६ फाल्गुन २०८२ १४:४६ शनिबार



