लघुकथाकार तुलसीहरि कोइरालाको अध्यक्षतामा लघुकथा समाज, नेपालकाे नयाँ कार्यसमिति गठन भएकाे छ।
लघुकथा समाज, नेपालको १९औं साधारणसभाले लघुकथाकार तुलसीहरि कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हाे। साधारणसभाले उपाध्यक्ष शुष्मा चित्रकार, महासचिव सुमन सौरभ, सचिव श्रीबाबु कार्की र कोषाध्यक्षमा छविरमण सिलवाल चयन गरेको छ।
यसैगरी सदस्यहरूमा राजेश खनाल, सिन्धु गौतम, तारा केसी र मधु पाठक चयन भएका छन्।
लघुकथा समाज नेपालका महासचिव सुमन सौरभले संगठनात्मक र कोषाध्यक्ष छविरमण सिलवालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रममा समाजका सल्लाहकार तथा नाट्यकर्मी अशेष मल्लले लघुकथाकाे विधागत उन्नयनमा लघुकथा समाज महत्त्वपूर्ण भूमिका रहेकाे बताए।
सल्लाहकार प्राडा लक्ष्मणप्रसाद गौतमले सक्रियताकाे साथ नयाँ कार्यसमितिले इतिहास निर्माणमा जुट्नुपर्ने बताए।
समाजका संस्थापक अध्यक्ष एवं सल्लाहकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले लघुकथामा अन्याेल छाइरहेकाे बेला संस्थाकाे गठन गरेकाे संस्मरण सुनाए। उनले नयाँ कार्यसमितिले समाजलाई अझै उचाइमा पुर्याउने पनि विश्वास व्यक्त गरे।
निवर्तमान अध्यक्ष गोपाल अश्कको अध्यक्षता र श्रीबाबु कार्कीको सञ्चालनमा भएको कार्यक्रममा गोपाल अश्क, राधेश्याम लेकाली, मधु पाठक, मोहन चापागाईं लगायतले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
साहित्यकार प्रदीप सापकोटाकाे संयाेजकत्वमा गठित निर्वाचन समितिले नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिएका थिए।
प्रकाशित: ४ श्रावण २०८२ ०९:५६ आइतबार