कला/साहित्य

दीपेन्द्र प्रकाश केसीको ‘मेरी आमा’ गीत सार्वजनिक (भिडियो)

मञ्जु गुरुङको स्वरमा नयाँ नेपाली गीत ‘मेरी आमा’ सार्वजनिक भएको छ। गीतमा सुबिक्षा सापकोटा, प्रतीक्षा वाग्ले र माही चौलागाईंको अभिनय रहेको छ। गीतले आमाको माया र समर्पणको भावनालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।  

सन्तकुमार केसीको रचना र रमेश क्षितिज गिरीको संगीत रहेको यो गीत रोमश भण्डारीले संगीत संयोजन गरेका छन्। गीतको म्यूजिक भिडियोको निर्देशन दीपेन्द्र प्रकाश केसीले गरेका छन्।  

‘मेरी आमा’ गीतले आमाको महत्व र उनको स्नेहलाई चित्रण गर्दै श्रोताहरूमाझ भावनात्मक सन्देश पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित: २७ असार २०८२ २१:५४ शुक्रबार

#NagarikNews #NepaliNews #nepalisong