अभिनेत्री काजल कर्णले चलचित्र 'चिरञ्जीवी भावः'का टिमले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएकी छन्।
उनले उक्त चलचित्रसम्बन्धी विवादमा जोडिएका सबैले माफी माग्नुपर्ने बताएकी हुन्। काम गरेवापत बाँकी रहेको तेस्रो भुक्तानी आफूले पाइसकेको जानकारी दिँदै उनले पैसाभन्दा माथि सम्मान र मर्यादा नै एउटा कलाकारको सबैभन्दा ठूलो गहना भएको बताएकी छन्।
उनले भनेकी छन्, 'पैसाभन्दा माथि, सम्मान र मर्यादा नै एउटा कलाकारको सबैभन्दा ठूलो गहना हो। आफ्नै परिश्रमको हकको लागि जबरजस्ती गर्नुपर्दा, जातीय विभेदको महसुस गराइँदा, र केही शब्दहरूले मनमस्तिष्कमै गहिरो चोट पुर्याउँदा— यसले मलाई जुन अपमान दियो, जुन आत्मसम्मान गुमाउनुपर्यो।’
आफूले भोगेको अपमान पैसाले मात्र निको नहुने उनको भनाइ छ। उनले थपिन्, ‘म सम्बन्धित टिमबाट सार्वजनिक माफीको माग गर्दछु। यो मेरो लागि अनिवार्य विषय हो।’
टिमले माफी मागे पश्चात मात्र उक्त विषय टुंग्याउने उनले उल्लेख गरिन्।
प्रकाशित: १ श्रावण २०८३ ११:३९ शुक्रबार



