खेल

च्याम्पियन्स ट्रफी : बंगलादेशले दियो भारतलाई २२९ रनको लक्ष्य, तोहिदको शतक, सामीलाई पाँच विकेट

आइसिसी च्याम्पियन्स ट्रफीमा बंगलादेशले भारतसामु २२९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  

यूएईको दुवई क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभर सकिन २ बल बाँकी हुँदा २२८ रनमा अलआउट भयो । 

कमजोर सुरुवात गरेको बंगलादेशका लागि तोहिद रिदोएले रनको योगदान गरे । चार जना ब्याट्सम्यान डक आउट भएको बंगलादेशी इनिङसमा जाकर अली ६८ रनमा आउट भए ।

३५ रन जोड्दा ५ विकेट गुमाएको स्थिति सम्हाल्दै तोहिद र अलीले छैठौं विकेटका लागि १५४ रनको साझेदारी गरे ।

भारतका लागि मोहमद सामीले ५ विकेट लिए । आफ्नो स्पेलमा उनले ५३ रन खर्चे । हर्सित रानाले ३ र अक्षर पटेलले २ विकेट लिए । 

प्रकाशित: ८ फाल्गुन २०८१ १८:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App