समाज

आफू मरेर यात्रु जोगाउने चालक विकलाई सरकारले सम्मान गर्ने

नारायणगढ–मुग्लिन सडकखण्डमा माथिबाट खसेको ढुंगाबाट आफू मरेर बसका यात्रुलाई बचाउने चालकको परिवारलाई सरकारले नगदसहित सम्मान गर्ने बताएका छन्।

भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेर ज्यान गुमाएका लु २ ख ६५६६ नम्बरको बस चालक मेघनाथ विकका परिवारलाई सरकारले नगद ५ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ।

गत असार २८ गते सत्रकिलोमा पहिरोसँगै माथिबाट खसेको ढुंगा लागेर नवलपरासी सुनवल नगरपालिका–४ बस्ने ३६ वर्षीय चालक मेघनाथ विकको मृत्यु भएको थियो। उनी सिटमै बसेका बेला ढुंगा लागेको थियो। बसमा सवार ३० जना यात्रु भने सकुशल थिए।

आगामी भदौं ३ गते विश्व मानवीय दिवसको अवसरमा सुर्खेतमा आयोजना हुने कार्यक्रममा गृहमन्त्री रमेश लेखकले विकको परिवारलाई सम्मान गर्ने कार्यक्रम तय भएको हो।

संयुक्त राष्ट्रसंघको आह्वानमा अगष्ट १९ मा मनाइने विश्व मानवीय दिवसका दिन प्राकृतिक विपद्को बेला खोज, उद्धार तथा जीवन रक्षा लगायतका काममा उत्कृष्ट योगदान गरेकाहरुको स्मरण गर्दै सम्मान गर्ने गरिन्छ।

प्रकाशित: ३० श्रावण २०८१ १३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App