जर्मनीको म्याग्देबर्ग शहरमा क्रिसमस बजारमा भएको कार आक्रमणमा पाँच जनाको मृत्यु भएको छ। सो घटनामा दुई सय भन्दा बढी घाइते भएका छन्।
घाइते हुनेमा सात भारतीय नागरिक पनि रहेको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ। क्रिसमस बजारमा आक्रमण गर्ने आरोपी (साउदी अरबका एक डाक्टर) लाई पक्राउ गरिएको छ।
जर्मन सञ्चारमाध्यमले उनको पहिचान मनोचिकित्सक डाक्टर तालेब एको रूपमा गराएका छन्।
आरोपित आक्रमणकारी २००६ देखि जर्मनीको पूर्वी राज्य साक्सोनी–एनहल्टमा बस्दै आएका थिए। जर्मन अधिकारीहरूले आक्रमणकारीले एक्लै घटना घटाएको बताएका छन्। आक्रमणको कारण खुल्न सकेको छैन।
प्रकाशित: ७ पुस २०८१ १४:१० आइतबार