खेल

साफ यू- १९ पुरुष च्याम्पियनसीपमा आज दुई खेल

साफ यु–१७ पुरुष च्याम्पियनसिपमा आज दुई खेल हुँदैछ।  

शुक्रबार दुवै खेल श्रीलङ्काको रेसकोर्स अन्तर्राष्ट्रिय रङ्गशालामा हुनेछ। आज हुने पहिलो खेलमा पाकिस्तान र मालदिभ्स आमने- सामने हुनेछन्। दुवै टोलीले आज आफ्नो दोस्रो खेल खेल्न लागेको हो।  

पहिलो खेलमा मालदिभ्स साविक विजेता भारतसँग ६- ० ले पराजित भएको थियो। त्यस्तै, पाकिस्तानले भने साफको सुखद सुरुआत गरेको थियो।

पाकिस्तानले आफूले खेलेको पहिलो खेलमा भुटानमाथि ४- ० को सहज जित निकालेको थियो। पाकिसतान लगातार दोस्रो जित तथा मालदिभ्स आपनो पहिलो जितको लक्ष्य सहित मैदानमा उत्रिनेछ।  

त्यस्तै, आज हुने दोस्रो खेलमा साविक विजेता भारत र भुटानबीच खेल हुँदै छ। भारतले साफको सुरुआत एकदमै शनदार गरेको थियो। जहाँ पहिलो खेलमा भारतले मालदिभ्सलाई ६- ० ले हराउँदै भारतले सुखद सुरुआत गरेको थियो।  

उता, भुटान भने पाकिस्तानसँग ४-० को पराजय भोगेको थियो। भुटान भारतमाथि जितको लक्ष्य लिएर मदौन आउने छ। उता, भारतले भने, आफनो अपराजित यात्रा कायम राख्ने उद्देश्यले मैदान प्रवेश गर्न छ।  

जारी प्रतियोगितामा ७ टोलीले सहभागीता जनाएका छन । समूह ए मा आयोजक राष्ट्र श्रींलका, नेपाल र बंगलादेश छन् भने, समूह बी मा भारत, भुटान, पाकिस्तान र मालदिभ्स छन्।

प्रकाशित: ३ आश्विन २०८२ १६:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App