खेल

तेजस्वी एकेडेमी क्वार्टरफाइनलमा

आयोजक तेजस्वी एकेडेमी प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

तेजस्वी समूह ‘डी’ को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो। तारकेश्वर नगरपालिकाको थापागाउँस्थित घरेलु कोर्टमा तेजस्वीले बालकुञ्जलाई ३०–२० ले पराजित गर्‍यो। तेजस्वीका प्रज्वल कँडेलले ११ अंक जोडे। संस्कृति शिक्षालयले पनि हिमालयलाई ३९–२९ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न सफल रह्यो। संस्कृतिका रमन गुरुङले २२ स्कोर गरे।

ब्वाइजमै एन्जल्स हार्टले ल्यान्डमार्क एकेडेमीलाई ४८–३९ तथा रिलायन्स पब्लिकले सिद्धार्थलाई ३३–२१ ले पाखा लगाए। एन्जल्स हार्टका रूपेश पौडेलले १६ तथा रिलायन्सका आभूषण घिमिरेले १५ अंक बटुले।

गर्ल्समा मानसिंहले ल्यान्डमार्कलाई २६–२२, बेलमोन्टले संस्कृति शिक्षालयलाई २३–१५ र तेजस्वीले एन्जल्स हार्ट नेसनल स्कुललाई २२–१६ ले  पन्छाए। मानसिंहकी देविका बोगटीले ९, बेलमोन्टकी ब्रिटिना गुरुङले १० र तेजस्वीकी एस्टर बरुवालले ११ अंक जोडे। मानसिंह, बेलमोन्ट र तेजस्वीको लगातार दोस्रो जित हो।

प्रकाशित: १२ फाल्गुन २०८२ ०७:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App